६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

उत्कृष्ट प्रदर्शनसहित भारतको पोल्टामा एसिया कप क्रिकेटको उपाधि

एसिया कप क्रिकेट २०२३ को उपाधि  भारतले जितेको छ।आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

यस अघि श्रीलङ्काले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गर्दै १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै सबै विकेट गुमाएको थियो। जवाफमा भारतले  ६ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई खेल १० विकेटले जितेको हो । भारतका लागि शुभम् गिलले १९ बलमा ६ चौकासँगै २७ तथा  इशान किशनले १८ बलमा ३ चौकासँगै २३ रन बनाए। 

श्रीलङ्कालाई जम्मा ५० रनमा सिमित राख्न भारतका बलर मोहम्मद सिराज एक्लैले ७  ओभरमा ३ मेडन ओभरसंगै जम्मा २१ रन खर्चेर  ६ विकेट लिए । त्यसैगरी हार्दिक पंड्याले  २ दशमलब २ ओभरमा जम्मा ३ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी जसप्रीत बुमराहले  ५ ओभरमा २३ रन दिए  १ विकेट लिए । श्रीलङ्काका ५ जना ब्याटरले कुनै रन बनाउन सकेनन्। 

श्रीलङ्काका लागि सबैभन्दा वढि कुसल मेंडिसले १७ रन बनाए । त्यसैगरी दुशान हेमंताले १३ रन बनाए र बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

प्रकाशित: ३१ भाद्र २०८० १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App