काठमाडौँ – मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा बुधबार भएको दोश्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भुटानले नेपाललार्इ ५१ रनको लक्ष्य दिएको थियो । जसमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दिप लामिछानेले ४ विकेट लिन सफल भए । भुटानले दिएको लक्ष्यलाई नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो।
यो जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । फाइनलका लागि नेपालले मलेसियाको क्लव अमानमा विहीबार सिंगापुरसँग खेल्दैछ।
प्रकाशित: २८ भाद्र २०७४ ०६:२६ बुधबार