६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टन विजेता पुरस्कृत

ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरू आइतबार एक कार्यक्रमबीच पुरस्कृत भए।  

मेन्स डबल, भेट्रान्स डबल र अन्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजेतालाई बाग्मती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार एवं महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले पुरस्कृत गरे।  

भदौ २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता रहेको थियो। जसमा अन्डर १७ समूहमा हःखा छुसिकाका सौर्य महर्जन प्रथम हुँदा नागबहालका सुगत शाक्य द्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालका सम्यक् शाक्य तृतीय भए।  

भेट्रान्स डबलतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम हुँदा मंगः त्वाःका किशोर व्यञ्जनकार र वीरेन्द्रलाल श्रेष्ठको जोडी द्वितीय भएको थियो। लुखुसिका विलन महर्जन र सञ्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतीय स्थान हात पार्न सफल भए।  

यसै गरी मेन्स डबलमा नागबहालका ससिन डंगोल र सुमन शाक्यको जोडी प्रथम हुँदा ओकुबहालका शान्त डंगोल र दीपेश शाक्यको जोडी द्वितीय भयो। पिन्छेबहालका अमन महर्जन र दिपान महर्जन र दथुलँका राजु वज्राचार्य र सुमित महर्जनको जोडी तृतीय भए। 

प्रकाशित: २५ भाद्र २०८० ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App