१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कविर र अभय यु–१७ डबल्सको फाइनलमा

नेपालका कविर केसी र अभय महराको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) रिजनल जुनियर च्याम्पियनसिपको यु–१७ ब्वाइज डबल्सको फाइनलमा प्रवेश गरेको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा भएको सेमिफाइनलमा कविर र अभयको जोडीले सेमिफाइनलमा माल्दिभ्सका अजहर मोहम्मद अयुब र युसुफ मुनाधी माथलुबलाई २१–९ र २१–७ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यो जोडीले मंगलबार हुने फाइनलमा बंगलादेशका राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीसँग खेल्नेछ। मिया र सिफातको जोडीले श्रीलंकाका हिरूका अलुथ पथडेनबिगे र पिबासा वेरागोडालाई २१–१६ र २२–२० ले हराउँदै फाइनलमा स्थान बनाएको हो।  

यु–१५ तर्फ सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलंकाका केनेथ अरूगोडा र सेनुथ सेथमिथा पेरेरासँग पराजित भयो। महर्जन र श्रेष्ठको जोडी श्रीलंकन जोडीसँग १३–२१, ११–२१ ले पराजित भएको हो। यु–१५ गल्र्स डबल्समा नेपालका दिलासा राना र रिहाना शेरचनको जोडी फाइनलमा प्रवेश गरेको छ। राना र शेरचनको जोडीले बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले हरायो।  यु–१५ तर्फ नै टिसारानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भयो। पुरुषमा सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगलादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९–२१, १२–२१ ले पराजित भयो। महिला यु–१५ एकलमा पनि टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भइन्। दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ को समान अंकमा हार बेहोर्न बाध्य भइन्।  

पुरुषतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए। यु–१७ महिलामा राजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन्। पुरुषमा कविर केसी श्रीलंकाका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए।  

प्रकाशित: ५ भाद्र २०८० ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App