२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

तेक्वान्दोका पदक विजेता खेलाडीलाई सम्मान

भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ।

बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो।

कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए। खेलाडीहरुले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ वटा पदक जितेका थिए।

मोरङकी कुसुम राजवंशीले २ स्वर्ण, सविना मगरले १ स्वर्ण र १ रजत, सोमबहादुर राजवंशीले १ स्वर्ण र १ रजत, केरिषा आचार्यले १ स्वर्ण र २ रजत, नितेश खवासले २ कास्य पदक जिते। त्यस्तै झापाका रोशन मगरले १ स्वर्ण र १ कास्य, श्यामप्रसाद बास्कोटाले १ कास्य, भोजपुरका वीरबहादुर तमाङले १ कास्य, सजिना तमाङले १ स्वर्ण, १ रजत र १ कास्य, पाँचथरका आलोक राईले १ रजत पदक जितेका छन्।

भारतको हैदरावादमा अगस्त ४ देखि ६ तारेखसम्म प्रतियोगिता सञ्चालन भएको थियो। नेपालबाट ४५ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए। जसमा १० जना कोशी प्रदेशका खेलाडी रहेका थिए।

खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले प्रदेश खेलकुद सधैं खेल र खेलाडीको विकासमा लागेको बताए। उनले आफू सदस्यसचिव भएपछि प्रदेशमा खेलकुदलाई चलायनमान बनाउँदै प्रदेशभर विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको बताए। सदस्यसचिव हंसराज वाग्ले, आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतल खेलाडीलाई सम्मान गरे।  

प्रकाशित: ३२ श्रावण २०८० ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App