२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

भारोत्तोलन टोली दिल्ली प्रस्थान

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ।

जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। ७३ केजीमा हेमन्त पाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्नेछन्। हेमन्तले अगस्ट १ तथा सञ्जयले अगस्ट २ तारिखमा खेल्नेछन्। दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १३ श्रावण २०८० ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App