२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

छैटौं खेलमा दोहोरो शतक

श्रीलंकाविरुद्ध दोहोरो शतक बनाएपछि पाकिस्तानका सउद सकिल। तस्बिर: एपी

 सउद सकिलको पहिलो दोहारो शतकप्रेरित पाकिस्तानले पहिलो टेस्टमा मंगलबार तीन दिनको खेल सकिँदा घरेलु टोली श्रीलंकामाथि १ सय ३५ रनको अग्रता बनाएको छ।

सकिलको नटआउट २ सय ८ रनको मद्दतमा पाकिस्तानले पहिलो इनिङमा ४  सय ६१ रन जोड्दै श्रीलंकामाथि १ सय ४१ रनको अग्रता लिएको थियो। जबाफमा दोस्रो इनिङ सुरु गरेको श्रीलंका तेस्रो दिन सकिँदा बिनाविकेट १४ रनको अवस्थामा छ। वर्षाले प्रभावित खेलमा पाहुना टोली पाकिस्तानको नवौं विकेटका लागि सकिल र नसिम शाहबीच ९४ रनको साझेदारी बनेपछि श्रीलंकामाथि दबाब बढेको छ। ७८ बल खेल्दा नसिम ६ रनमा पवेलियन फर्किंदा सकिल २ सय ८ रनमा नटआउट रहे। २७ वर्षे सकिलका लागि यो छैटौं टेस्ट मात्र हो।

धनञ्जय डी सिल्भाको बलमा बाउन्ड्री प्रहार गरेपछि उनले दोहोरो शतक पूरा गरे। त्यससँगै उनका सहकर्मीले उठेर सकिलको सफलतामा बधाई दिएका थिए। गत डिसेम्बरमा टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले दोस्रो टेस्टमा पहिलो शतक प्रहार गरेका हुन्। उनले अहिलेसम्म एक दोहोरो शतक, एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। यस पटक दोहोरो शतक प्रहार गर्ने क्रममा उनले १९ चौका हिर्काए। मध्यक्रममा ब्याटिङ गर्न आएका खलिलले मध्य क्रम र तल्लो क्रममा साझेदारी गर्दै पाकिस्तानलाई राम्रो स्थितिमा पु¥याएका हुन्।

पाकिस्तान एक समय १०१÷५ को नाजुक अवस्थामा थियो। यद्यपि, सकिलले छैटौं विकेटका लागि एघा सलमानसँग १ सय ७७ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङलाई धराशयी हुनबाट जोगाए। श्रीलंकाविरुद्ध छैटौं विकेटका लागि पाकिस्तानको यो कीर्तिमानी साझेदारी पनि हो। यसअघि सन् २०१७ मा श्रीलंकाविरुद्ध छैटौं विकेटका लागि सर्फराज अहमद र असाद साफिकले १ सय ७३ रनको साझेदारी गरेका थिए।

वर्षाले प्रभावित भएको विहानी सत्रमा रमेश मेन्डिसले सलमानलाई ८३ रनमा पवेलियन फर्काउँदै उक्त साझेदारी तोडेका थिए। यद्यपि, सकिलले सातौं विकेटका लागि पनि नोमान अलीसँग ५२ रनको साझेदारी गरे। त्यसपछि उनले नवौं विकेटका लागि पनि नसिम शाहसँग ९४ रनको रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो स्थितिमा पुर्‍याएका हुन्। यो साझेदारीमा नसिमको ६ रनमा मात्र योगदान रह्यो। सकिलले दोहोरो शतक बनाउने क्रममा दुई पटक जीवनदान पाएका थिए। उनले ९३ रनमा निसान मदुसन्काबाट र १३९ रनमा एन्जेलो म्याथ्युजबाट जीवनदान पाएका हुन्।  

प्रकाशित: ३ श्रावण २०८० ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App