६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले तेस्रो विकेटमा कप्तान रोहितलाई गुमायो

नेपालले तेस्रो विकेट पनि गुमाएको छ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ।

पौडेलले ३५ बलको सामना गरेर २९ रन जोडेका थिए। त्यसअघि दोस्रो विकेटको रुपमा सात रन बनाएर खेलिरहेको ज्ञानेन्द्र मल्ललाई आउट भएका थिए।  

उनलाई टगर वि योङले आउट गरे। यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल मात्र ८ रन जोडेर पेभेलियन फर्किए। उनको विकेट क्रेग योङले लिए । ताजा अवस्थामा नेपाल २५ ओभरमा ९७ रन बनाएर खेल्दैछ।  

अहिले क्रिजमा ओपनर अर्जन साउद र भीम सार्की खेलिरहेका छन्। नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो।

प्रकाशित: १९ असार २०८० ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App