२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली मूलका किबान राईले खेल्ने भए इंग्लिस फुटबल लिग

तस्बिर साैजन्यः हु इभान्स एजेन्सी

नेपाली मूलका किबान राईले इंग्लिस फुटबल लिग खेल्ने भएका छन्।  

१८ वर्षीया किबान जो अहिले ब्रेकनका हुन् तर नेपाली मुलका उनी ईएफएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी बनेका छन्। जसले किबान, उनको परिवार र क्लबका लागि यो गर्वको क्षण बनेको छ।

उनले इंग्ल्याण्डको चौथो डिभिजन क्लब न्युपोर्ट काउन्टीबाट व्यावसायिक फुटबल खेल्ने भएका हुन्। किबान अट्याकिङ मिडफिल्डर हुन्।

आफ्नो सफलताबारे स्काई स्पोर्टस् न्युजसँग कुरा गर्दै उनले आफू नेपालमा तथा विदेशमा रहेका नेपाली युवालाई एक उदाहरण बन्न चाहेको बताएका छन्।

किबानको सुरुवाती क्यारियर ग्रासरुट स्तरमा ब्रेकन कोरिन्थियन्ससँग सुरु भएको थियो । तर उनको प्रतिभा न्यूपोर्ट काउन्टीले देखेपछि २०२१ मा एकेडेमीमा सामेल गराएको थियो। किबानले चारवटा पहिलो टोलीमा उपस्थिति जनाए र प्रबन्धक ग्राहम कफलिनलाई प्रभाव पार्न सफल भए र अन्ततः स्ट्राइकर किबानलाई ग्राहमले  पहिलो व्यावसायिक सम्झौता प्रस्ताव गरे।

प्रकाशित: ११ असार २०८० ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App