२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालले भिम सार्कीलाई पनि गुमायो

नेपाललाई लगातार चौथो झट्का लागेको छ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा ५६  बलमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो।

यसअघि तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको थियो। आरिफलाई नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

त्यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो। उनलाई पनि विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। अहिले कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल क्रिजमा छन्।

ताजा अवस्थामा नेपाल ६८ रन बनाएर ४ विकेटको क्षतिमा १९ औं ओभरमा खेलिरहेको छ।  

प्रकाशित: ९ असार २०८० ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App