१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी एक दिवसीय विश्वकप छनोट: आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

नेदरल्यान्ड्ससंग खेल्नु अघि अभ्यास गर्दै नेपाली खेलाडी (तस्बिर क्यान)

आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ।

सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन। नेपालले खेल जितेमा सुपर सिक्समा पुग्ने बलियो सम्भावना हुनेछ। नेपालले नेदरल्यान्ड्स र  वेस्ट इन्डिजबीचको खेलको नतिजालाई पनि कुर्नु पर्ने हुन्छ। यदि सोमबार हुने खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल सुपर सिक्समा पुग्नेछ।

आज  नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने  छ। आजको खेल नेपालका लागि गर या मरको स्थीतीमा रहेको छ।  

यस अघि समूह चरणको पहिलो खेलमा नेपाल जिम्बाबेसंग पराजित भएको थियो। दोश्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो भने तेश्रो खेलमा वेस्ट इन्डिजसंग पराजित भएको थियो। 

नेपालको समूहमा जिम्बाबे,वेस्ट इन्डिज,नेदरल्यान्ड् र अमेरिका रहेका छन। समूह ए मा वेस्ट इन्डिज र जिम्बाबेले दुई खेल खेल्दै दुवैमा जित हात पारेका छन। रन रेटको आधारमा वेस्ट इन्डिज ४ अंक पाएर पहिलो तथा ४ अंकनै पाएर जिम्बाबे दोश्रो स्थानमा रहेकाे छ। नेदरल्यान्ड्स   २ खेलमा १ जित र १ हारसंगै २ अंकका साथ तेश्रो तथा ३ खेलमा १ जित र २ हारका साथ २ अंक नै भए पनि रन रेटका आधारमा नेपाल चौथौ स्थान रहेको छ। अमेरिका भने ३ खेलमा कुनै जित हात नपारी अंक विहिनका साथ पाँचौ अर्थात तालिकाको पुछारमा रहेको छ। 

उता समूह बीमा श्रीलंका स्कटल्याड र ओमान तीनै टोलीले समान ४ अंक पाएका छन। रन रेटको आधारमा श्रीलंका पहिलो स्कटल्याड दोश्रो तथा ओमान तेश्रो स्थानमा रहेका छन। श्रीलंका र स्कटल्याडले दुई खेल खेलेका छन भने ओमानले तीन खेल खेलिसक्यो। यस समूहमा आयरल्याड र यूएई अंक विहिन छन। 

आज नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालको सम्भावित प्लेईङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: ९ असार २०८० ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App