२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

दोश्रो पावर प्लेमा नेपाल विरुद्ध वेस्ट इन्डिज जम्मा ८३ रनमा सिमीत

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिज  दोश्रो पावर प्लेमा ३ विकेटको नोक्सानीमा  जम्मा  ८३ रनमा सिमीत भएकाे छ।

वेस्ट इन्डिज विरुद्ध उत्कृष्ट शुरुवात गर्दै  नेपालका करण केसीले दोश्रो ओभरमै काईल मिलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । दोश्रो विकेट गुमाउँदा वेस्ट इन्डिजको जम्मा २ रन मात्र थियो ।

त्यसैगरी वेस्ट इन्डिजको  जम्मा ९ रन हुँदा गुल्सन झाले   ४ दशमलब १ ओभरमा  वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट क्याच आउट गराए ।त्यसैगरी सन्दीप लामिछानेले तेश्रो विकेटको रुपमा  वेस्ट इन्डिजका ब्रान्डन किंगलाई १५ दशमलब ३ ओभरमा बोल्ड आउट गराए । वेस्ट इन्डिजले तेश्रो विकेट गुमाउँदा  जम्मा ५५ रन मात्र बनाएको थियो।

जिम्बावेको राजधानीमा  हरारे स्पोर्टस् क्लबमा  भइरहेको प्रतियोगितामा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ असार २०८० ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App