२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पहिलो पावर प्लेमा नेपाल विरुद्ध वेस्ट इन्डिजले जम्मा ३० रन बनायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिजले  पहिलो पावर प्लेमा २ विकेटको नोक्सानीमा  जम्मा  ३० रन  बनाएको छ।

वेस्ट इन्डिज विरुद्ध उत्कृष्ट शुरुवात गर्दै  नेपालका करण केसीले दोश्रो ओभरमै काईल मिलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । दोश्रो विकेट गुमाउँदा वेस्ट इन्डिजको जम्मा २ रन मात्र थियो ।

त्यसैगरी वेस्ट इन्डिजको  जम्मा ९ रन हुँदा गुल्सन झाले   ४ दशमलब १ ओभरमा  वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट क्याच आउट गराए ।

जिम्बावेको राजधानीमा  हरारे स्पोर्टस् क्लबमा  भइरहेको प्रतियोगितामा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो । 

प्रकाशित: ७ असार २०८० ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App