४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई ४ स्वर्ण

नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ। नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन्।

भारतको भिषाखापट्नममा मे २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा सागर काफ्ले, शब्द कुँवर, अर्पण भण्डारी र विवेक विकले स्वर्ण जिते। दोहोरो पदक जितेका सागरले रजत पनि हात पारे। सावित्री भण्डारी र मनीष रोका मगरले रजत तथा सुगन बस्याल र विशन थापा मगरले कांस्य प्राप्त गरे।

प्रकाशित: १६ जेष्ठ २०८० १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App