२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

सन्दीपको मुद्दामा पीडितको सक्कल जन्मदर्ताकाे फाइल मगाउन आदेश

फाइल तस्बिर।

जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।

आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै अन्तिम सुनुवाइ नगरेको हो। इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको हो।

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका सन्दीपको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।

प्रकाशित: ७ जेष्ठ २०८० १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App