२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कमललाई दोहोरो पदक

नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।

इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले जानकारी दिए। कमलले चाइनिज क्रिएटिभमा आठ खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्। वेपन्स फर्ममा कमलसहित सात खेलाडी सहभागी थिए। यसअघि कमलले इङ्ल्यान्डमै सम्पन्न उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत जितेका थिए।

कमलको व्यवस्थापकमा नेपाल उमा कुङ्फु संघ, कोसी प्रदेशका सदस्य सुरेन राई रहेका छन्। नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ कमलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर उमा कुङ्फुसंगै राष्ट्रको गरिमा उच्च बनाउन सफल भएको बधाई दिए।

 

प्रकाशित: २ जेष्ठ २०८० ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App