२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

वडा–२ र वडा–४ लाई उपाधि

वडा–२ र वडा–४ ले दशौं कीर्तिपुर नगरपालिका अन्तरवडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।  

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा–२ पुरुषतर्फ र वडा–४ महिलामा च्याम्पियन बनेका हुन्। पुरुष फाइनलमा वडा–२ ले वडा– ३ लाई ५१–४४ ले पराजित गर्यो। विजयी टोलीका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे। पहिलो क्वार्टर १०–१० को बराबरीमा सकिएको थियो। वडा–२ ले दोस्रोमा १३–१२ र तेस्रोमा १५–१४ को सामान्य अग्रता लियो। वडा–२ ले चौथो क्वार्टर १३–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्यो।

कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा–४ ले वडा–६ लाई ५५–५० ले हरायो। वडा–४ की मुना महर्जनले ३५ स्कोर गरिन्। पहिलो क्वार्टरमा १२–१६ ले पछि परेको वडा–४ ले दोस्रोमा २२–९ को अग्रता बनाउँदै जितको महत्वपूर्ण आधार खडा गर्यो। तेस्रोमा १२–९ ले वडा–४ अगाडि रह्यो। चौथो क्वार्टरमा वडा–६ ले ९–१६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन। पुरुष-महिला दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १५ हजार नगद पुरस्कार प्राप्त गरे।

पुरुषमा वडा–२ का नरेश महर्जन तथा महिलामा वडा–४ की मुना महर्जन मोस्ट भेलुएबल प्लेयर घोषित भए। दुवै जनही पाँच हजार नगदबाट पुरस्कृत भए। विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। वैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा ६ टोली सहभागी थिए।

प्रकाशित: २६ वैशाख २०८० ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App