२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप: फाइनलको बाँकी खेल सुरु, ललित बलिङ गर्दै

वर्षा बाधक बनेपछि सोमबार स्थगित भएको एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलको बाँकी खेल आज सुरु भएको छ।  

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६ रन जोड्दै ९ विकेटको क्षतिमा कठिन स्थितिमा पुग्दा वर्षाको कारण स्थगित भएको थियो।  

 आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो।  बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।

ललितले २७.२ ओभर र २७.३ ओभरको बलमा लगातार विकेट झारेका छन्। आज पनि पहिलो बलमै विकेट लिए उनले ह्याट्रिक पुरा गर्ने छन्।  

आज पनि काठमाडौंमा वर्षाको सम्भावना छ। सोमबारको जस्तै खेल नतिजाविहीन बनेमा भने आइसिसीको वरीयतामा युएईभन्दा अघि रहेकाले नेपालले विजेताका रूपमा एसिया कपमा स्थान बनाउनेछ। एसिसी मेन्स प्रिमियर कपको विजेताले एसिया कपमा पाकिस्तान र भारत सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा भने बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

प्रकाशित: १९ वैशाख २०८० ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App