५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो सफलता

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। युएईका भृत्या अर्विन्दलाई नेपालका करण केसीले आशिफ शेखको हातबाट क्याच आउट गराए। उनले दुई चौकासहित ८ रन जोडेका थिए।  

यसअघि युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए। ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए।

वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए। पाँचौ ओभर पुरा हुँदा युएईले २ विकेटको क्षतिमा २८ रन जोडेको छ।  

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।  

प्रकाशित: १८ वैशाख २०८० ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App