२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

अभिषेक आईटिएफको वरियतामा पहिलो नेपाली खेलाडी

आईटिएफको विश्व बरियता १७९० मा रहेको पोखराका अभिषेक बास्तोला(बीचमा)। तस्बिरः नागरिक

इतिहास त्यसै लेखिदैन। इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ। १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन्। विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन्। बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन्। यद्यपी अहिले उनको बरियता केही खस्किएको छ।  

उनको अबको योजना ओलिम्पक गेम हो। त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम हो। ग्राण्डस्लाम टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो। त्यो खेल्ने सपना जोकोहीले पुरा गर्न सक्दैनन। ‘टेनिसमा अन्तिम लक्ष्य नै ग्राण्ड स्लाम हो,’ उनले मंगलबार पोखराका सञ्चारकर्मीसँगको अन्तरिक्रयामा भने, ‘यो वर्ष ओलम्पिक खेल्ने चाहना छ। त्यसपछि अर्कोवर्ष ग्राण्ड स्लाम खेल्ने लक्ष्य छ।’ उनले १४ वर्षकै उमेरमा(सन २०१४ मा) अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन्। त्यसअघि उनले चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका थिए। इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गरेका थिए।  

टेनिस महंगो मध्येकै खेल हो। महंगो खेल परिवारको सहयोग विना सम्भव छैन्। उनी भन्छन, ‘पारिवारिक सहयोगकै कारण यो उपलब्धी हासिल गर्न सकें।’ नेपालमा टेनिसलाई खासै महत्व दिएको देखिदैन्। चुनौति छन। चुनौतिलाई चिर्दै असम्भव भन्ने केही छैन् भनेर उनी टेनिसमा आफनो भविष्य कोर्न विदेशिएका थिए। ८ वर्षकै उमेरमा टेनिसप्रति लगाब बढाएका अभिषेकको सपनालाई बुवा अनुज बास्तोलाले पुरा गर्दै गए। बुवा अनुज आफैंपनि कास्की जिल्ला टेनिस संघमा आवद्ध मात्रै नभई टेनिस खेलाडी समेत हुन्। ‘नेपालमै बसेर यो उपलब्धीहासिल हुने सम्भव थिएन,्’ अभिषेक भन्छन, ‘परिवारको महत्वपूर्ण भूमिका सहयोग र उत्साहसँगै हौसलाले यहाँसम्म पुगें।’  

नेपालले पहिलो पटक डेविस कप टेनिसमा सहभागिता जनाउने छ। आगामी मे २३ मा हुने डेविस कपमा नेपाल समूह ५ मा रहेको छ। समूह ५ मा उत्कृष्ट नजिता निकालेको अवस्थामा नेपाल समूह ४ मा प्रवेश पाउने छ। त्यसैगरी उत्कृष्ट नजिताकै आधारमा समूह ३, २ हुदैं समूह १ मा उक्लिने छ। डेविस कप खास गरी टेनिसको विकासको लागि देश देशका खेलाडीहरु बीचको प्रतिस्पर्धाको रुपमा रहने छ। ग्रुप ५ मा नेपालसहित बहाराईन, यमन, मंगोलिया, बंगलादेश, बु्रनाई, कतार, लाओस, ओमान, भुटान, माल्दिभ्स, काजकस्तान, म्यानमार र मकाउ छन्। ‘अभिभावकको नाताले छोराको उपलब्धीप्रति गर्व छ’–वुवा अनुज बास्तोलाले भने–‘परिवारले बातावरण बनाईदियौं।’ उनका अनुसार टेनिस संघसँगै राज्यले पनि खेलाडीलाई प्रवद्र्धन गर्ने तर्फ ध्यान दिनुपर्छ।

२३ वर्षिय अभिषेकले टेनिसकै करियरमा १४ देशमा गएर टेनिस खेलिसकेका छन्। ‘टेनिसमा मेरो करियर शुरु भएको छ’ उनको भनाई थियो। उनले आफनो प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन, ‘टेनिस खेल्ने जोश र विश्वस्तरमै आफनो स्थान बनउाने रहर  त छदै छ। तर यो एउटा ठूलो चुनौति पनि हो। चुनौति जित्नका लागि शारीरिक, मानसिक एवं प्राविधिक रुपमा प्रशिक्षत हुन जरुरी। यहाँ पुग्न सही व्यक्तिको सहयोगको खाँचो रहन्छ।’ 

उनले अमेरिकाको क्यालिफोर्नियासिथत सेन्ट मेरिज कलेबाट सन २०२० मा स्नातक गरेका हुन्। अमेरिकामा आयोजना हुने कलेलस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिईने एनसिए ए(नेशनल कलेज एथलेटिक एशोसियसन)को डिभजिन वानमा सहभागित भई माथिल्लो स्तरको टेनिसमा छनोट भईसकेको उल्लेख छ। सञ्चारकर्मीसँगको अन्तरिक्रयामा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले उनको बारेमा जानकारी गराएका थिए। उपाध्यक्ष कायस्थले टेनिस खेलबाट आईटिएफमा अभिषेकले नेपालको झण्डाको प्रतिनिधित्व गरेकोप्रति गर्व गरे। कास्की जिल्ला टेनिस संघले सञ्चारकर्मीसँगको भेटघाटको व्यवस्था गरेको हो।  

प्रकाशित: ५ वैशाख २०८० १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App