१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको राम्रो ब्याटिङ

काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भईरहेको एसिसी प्रिमियर लिगमा मलेसियाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो ब्याटिङ गरेको छ। जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितिमा  २७ओभरमा ३ विकेट गुमाउँदै १५२ रन बनाएर खेलिरहेको छ।

पछिल्लो पटका नेपालका कप्तान रोहित पौडेल ४३बलमा ५चौकासहित ४२ रन बनाएर आउट भएका छन। त्यसैगरी कुसल भुर्तेल ३१ बलमा ५ चौका २ छक्कासहित ३८ रन बनाएर आउट भएका छन।  यसअघि नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो।भीम सार्की ६५बलमा २ चौकासहित ३७ रनमा क्रिजमा छन्।  

त्यसअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए।

प्रकाशित: ५ वैशाख २०८० ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App