२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस हुने

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता  आयोजना हुने भएको छ। सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ।  

प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (४० वर्ष) र जुनियर(–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले ब्यक्त गरेको छ। फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको ब्यबस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको हो।

रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८० १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App