१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कपको लागि नेपाली टोलीको नाम सार्वजनिक

नेपालमा हुन गइरहेको एसिसी प्रिमियर कप क्रिकेटको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

कप्तान रोहित पौडेलको कप्तानीमा २१ सदस्य प्रारम्भिक टोली नाम सार्वजनिक गरिएको हाे ।

१९ वर्ष मुनिको राष्ट्रिय टोलीका कप्तान  युवा ब्याटर देव खनाल सिनियर टोलीमा फर्किएका छन्।अर्जुन साउदलाई पनि टोलीमा समेटेको छ।टोलीमा यस अघि लिग २ मा सहभागी खेलाडी नै छ  परिवर्तन भएको छैन।देव खनालले नेपाललाई यू१९ विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका थिए।नेपालले आइसिसी विश्वकप लिग २ मा सानदार प्रदर्शनपछि खेलाडीलाई १५ दिन बिदा दिएको थियो।

मुख्य प्रशिक्षक मोन्टी देशाईपनि विदा मनाउन  भारत गएका थिए।मोन्टी शनिबार नेपाल आइपुग्नेछन्।नेपालले लिग २ मा पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ एक दिवसीय मान्यता जोगाउनुको साथै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

सार्वजनिक भएको नेपाली टोली  

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी।, ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

एसिसी प्रिमियर कप क्रिकेट वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म नेपालको किर्तीपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ।प्रतियोगिता जम्मा १० राष्ट्र सहभागी हुनेछन। नेपालको समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन्।समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।नेपालले तीन खेल किर्तीपुर मैदानमा र  एक खेल मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिकामा उल्लेख छ।नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग र तेश्रो खेल साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ।

नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग खेल्नेछ।सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा) हुनेछ।फाइनल वैशाख १८ गते (मे१ मा) किर्तीपुरमा  हुनेछ।यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ।तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ।एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।सबै खेल बिहान ९स्३० मा टियु मैदानमा हुनेछ।बहराइन र साउदी अरेविया भने एसिसी च्यालेन्जर कपबाट आएका हुन्।साउदी विजेता र बहारान उपविजेता बनेका थिए।

प्रकाशित: १५ चैत्र २०७९ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App