१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सिरिजङ्गा गाउँपालिकाको अध्यक्ष कप पुरुष भलिबलको उपाधि पाथीभरा याङ्वरकलाई

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको दोस्रो संस्करणको अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधी पाथीभरा याङ्वरकले जितेको छ।

बिहीबार सम्पन्न फाईनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो।

उसले फुनपा विरुद्ध २५–१५, २५–१९, २१–२५ र २५–१६ को नतिजा निकालेको थियो। बिजेताले २ सय ९६ तोला चाँदी जडित सिरिजङ्गा लिपिको ट्रफीका साथ नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाका साथ मेडल र प्रमाणपत्र पाएको छ।

यस्तै द्धितीय हुने फुङलिङले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथ ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। यता सान्त्वना भएका मेरिङ्देन गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ हात पारे।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीमा पाथीभरा याङवरकका गिरीराज श्रेष्ठ, उत्कृष्ट ब्लकरमा फुङ्लिङका भवानी भट्टराई, लिप्टरमा पाथीभराका विनोद कार्की,सर्भरमा फुङलिङका अभिषेक भट्टराई, अलराउण्डरमा फुङ्लिङकै अभिषेश राईलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ।

यस्तै उत्कृष्ट स्पाईकरमा पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्समा रविन ईजम, उदयमान खेलाडीमा पाथीभराकै बाबुराम बुढाथोकी र उत्कृष्ट कोचमा सिरिजङ्का शिव तोलाङ्गी सम्मानित भएका छन्। यसैवीच आयोजकको निर्णय अनुसार एकजना खेलाडीलाई एकवर्षे प्रतिवन्ध लगाएको छ। खेलभावना विपरितको कार्य गरेको भन्दै पालिकाले सिरिजङ्गा गाउँपालिकाका पुजन लिम्बूलाई पालिकाभरका खेलमा एकवर्षसम्मको लागि प्रतिवन्ध लगाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए।  

प्रकाशित: २ चैत्र २०७९ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App