१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ सिल्डमा २९ स्वर्णसहित ५६ पदक लिदै त्रियुगा प्रथम

प्रतियोगितामा दोस्रो स्थान पाउने बिकट पहाडी भेगको लिमचुङबु्ङ गाउँपालिकका महिला खेलाडी। तस्बिर: महेश्वर

यस वर्षको राष्ट्रपति रनिङ सिल्डमा सदरमुकाम त्रियुगा नगरपालिकाले बर्चश्व कायम गरेको छ।

त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।

जिल्लाका ४ गाउँपालिका र ४ नगर गरी ८ वटा स्थानीयतहबीच प्रतिस्पर्धा हुँदा २९ स्वर्णसहित ५६ पदक त्रियुगाले प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति उदयपुरका प्रशिक्षक प्रकाशराम राईले बताए।

उनका अनुसार सबभन्दा बढी पदक हात पार्दै त्रियुगा यो वर्षको रनिङ सिल्डमा प्रथम हुन सफल भएको हो। त्रियुगाले ११ रजत र १६ वटा काश्य पदक पनि प्राप्त गरेको छ। २९ स्वर्ण पदक पाउनेमा १८ जना छात्र छन् भने ११ जना छात्रा रहेको प्रशिक्षक राईले बताए।

दोस्रो स्थान पाउने कटारी नगरपालिकाले १९ स्वर्णसहित ४४ पदम पाएको छ। कटारीले १८ रजत र ९ काश्य पदक प्राप्त गरेको छ। जसमा स्वर्ण पदक पाउनेहरुमा ६ छात्र र १३ छात्रा रहेको खेलकुद समितिले जनाएको छ।

त्यसैगरी स्वर्णबिहीन पदक पाउँदै अर्को नगरपालिका चौदण्डीगढी तेस्रो भएको छ। चौदण्डीगढीले २ रजत र ९ काश्य पदकमा चित्त बुझाउनु परेको छ। जिल्लाका अति बिकट पहाडी गाउँपालिकाहरु लिमचुङबुङ, ताप्ली, उदयपुरगढीले पनि सन्तोषजनक पदक पाएका छन्।

उदयपुरगढीले ४ रजत र ५ काश्य पदक पाएको छ भने सबभन्दा बिकट मानिएको लिमचुङबुङ गाउँपालिकाले महिला भलिबलतर्फ दोस्रो स्थानसहित २ रजत र ४ काश्य पदक प्राप्त गरेको छ। भौगोलिक बिकतटा, सीमित स्रोतसाधन र पर्याप्त अभ्यास गर्न नपाए पनि सदरमुकाममा भएको प्रतिस्पर्धामा दोस्रो स्थान पाउनु ठूलो उपलब्धी भएको भन्दै गाउँपालिका अध्यक्ष मेजरकुमार राईले खेलाडीलाई हौस्याएका छन्।

त्यसैगरी अर्को बिकट गाउँपालिका ताप्लीले पुरुष भलिबलतर्फ दोस्रो स्थान लिदै ताप्लीले २ रजत पदक प्राप्त गरेको छ। प्रतियोगिता अवधिभर पदकबिहीन हुन पुगेको एक मात्र गाउँपालिका रौतामाई हो। रौतामाईले सबै बिधामा भाग लिए पनि पदकबिहीन फर्कनु परेको आयोजक खेलकुद विकास समितिले जनाएको छ।  

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App