२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौँ: कप्तान पौडेल

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन्।

भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन्।

उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए। टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए। एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने बताए।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त गरे। आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भुमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताए। खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा खुशी समेत व्यक्त गरे।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ। यसै अन्तर्गत नेपालले सोमवार अर्को भ्रमणकारकी टोली पपुवान्युगिनी (पिएनजी)सँग खेल्नेछ। नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउनेछ।

प्रकाशित: २८ फाल्गुन २०७९ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App