२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

खोटाङमा फागुन २७ देखि ‘मेयर कप फुटबल’

फाइल तस्बिर

खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढीमा मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको साझेदारीमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले ‘मेयरकप आमन्त्रित अन्तरक्लब फुटबल प्रतियोगिता ०७९’ आयोजना गर्ने भएको हो।

आगामी २७ गतेदेखि सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका विभिन्न ८ वटा खेल समूहको सहभागिता रहने आयोजक एकेडेमीले जनाएको छ। आयोजकले खेलतालिका सार्वजनिक गरिसकेर प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ। जस अनुसार खोटाङकै बिभिन्न स्थानीयतहका खेलाडी समूहहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको पहिलो खेल साकेला फुटबल क्लब र नमूना स्पमोर्टस् क्लब लफ्याङबीच हुनेछ।

दिक्तेलस्थित स्थानीय माटीखोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आयोजक केएफए र सोल्मा स्पोर्टस् क्लब सोल्माबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा खकलुङ युनाईटेड क्लब बाँसपानी र नेर्पा स्पोर्टस् क्लब नेर्पाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै अन्तिम क्वाटरफाईनल खेल माटिखोरे सामाजिक सेवा समाज दिक्तेल र दिक्तेल फुटबल क्लब तथा आयोजक केएफएबीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाउको छ।

एकेडेमीका अध्यक्ष नरकाजी सैंजुका अनुसार २९ गते सेमिफाईनल खेलाइने प्रतियोगिताको फाईनल ३० गते हुने छ। प्रतियोगिताका लागि फागुन २ गतेदेखि नै टिम दर्ताको प्रक्रिया खुल्ला गरिएको थियो। जिल्लाभित्रका खेलाडीलाई फुटबल खेलप्रति प्रोत्साहन गर्दै खेलकुद विकासमा जिल्लाको परिचय बनाउने उदेश्यले मेयरकपको आयोजना गर्न लागेको हो।

‘खोटाङको पहिचान, खेलकुदको अभियान’ भन्ने नाराका साथ आयोजना गरिने प्रतियोगिताका विजेतालाई नगद १ लाख २५ हजारसहित ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ। उपविजेताले नगद ६२ हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाउने अध्यक्ष सैँजुले बताए। प्रतियोगितामा गोल्डेन ग्लोब, गोल्डेन बल र गोल्डेन सुज विधाको पुरस्कार पनि व्यवस्थ गरिएको छ। विधागत पुरस्कार जित्ने खेलाडीलाई नगद ५ हजार तथा म्यान अफ द म्याचलाई १ हजार नगद साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ।  

प्रकाशित: २५ फाल्गुन २०७९ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App