२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चौथो कटारी मेयर कप: वडा नं. ३ र ४ सेमिफाइनल प्रवेश

मेयर कपमा प्रतिस्पर्धा गर्दै ३ र ११ का खेलाडी।

कटारीमा जारी ‘चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता ०७९’ मा वडा नं. ३ र ४ सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधवार भएको पहिलो क्वाटर फाइनल खेलमा ११ र १२ लाई हराउँदै ३ र ४ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेका हुन्। 

बुधवार बिहान भएको खेलमा ४ नं. वडाले १२ नं. लाई ६–० को गोल अन्तरले पराजित गरेको हो। ४ नं. का लागि खेलाडीहरुसल्मान कार्कीले ह्याट्रिक गरेका थिए भने प्रशान्त राईले २ गोल तथा अनिल दनुवार १ गोल गरेका थिए। निर्धारित समयावधिभित्र जवाफी गोल फर्काउनै नसकेपछि विपक्षी टिम १२ शून्य परिणाम झेल्दै पराजित हुन पुग्यो। खेलको म्यान अफ द म्याच ३ गोल गर्ने सल्मान कार्की घोषित भए।

त्यसै गरी दिउसोको खेलमा पनि ११ नं. वडालाई ३ नं. ले ढिम्कनै दिएन। ११ का खेलाडीहरू विक्रम परियारले २  गोल गर्दा प्रताप राई र निराजन सुनुवारले १/१ गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन्। दिउसोको खेलमा म्यान अफ द म्याचको उपाधि प्रताप राई घोषित भए।

कटारी ३ स्थित टाइगर खेलमैदानमा ‘७३ औँ प्रजातन्त्र दिवस’को अवसर पारेर आयोजित प्रतियोगिता आइतबारदेखि जारी छ। खेलका अम्पायर महेन्द्र तामाङका अनुसार बिहीबार हुने खेलमा बिहान ५ र ८ बिच तथा दिउसो २ र १४ नं. बडाबिच प्रतिस्पर्धा हुने छ। आगामी १४ गते फाइनल हुने प्रतियोगितामा नगरका १४ वडामध्ये १३ बाहेक बाँकी १३ वडाका खेलाडी समूहको सहभागिता रहेको छ।

नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको विजेता समूहलाई नगद १ लाख, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइनेछ। त्यस्तै उपविजेताले नगद ५० हजारसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति अध्यक्ष दिपक तामाङले बताए। प्रतियोगितामा म्यान अफ द म्याचलाई १ हजार नगद, जर्सी र मेडल तथा प्रमाणपत्र प्रदान गरिँदै छ भने विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई जनही २ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने तामाङले बताए।

प्रकाशित: १० फाल्गुन २०७९ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App