४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

युथ प्रशिक्षकबाट आशावादी

काठमाडौं- भविष्यमा प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको प्रथम फिफा एमए युथ कोचिङ कोर्ष सकिएको छ। पाँच दिने कोर्ष फिफाको सहयोगमा अखिल नेपाल फुटलब संघ(एन्फा)ले आयोजना गरेको थियो। कोर्षमा सहभागी २८ प्रशिक्षकलाई इन्स्ट्रक्टर कामिङ केवकले प्रशिक्षण दिएको थिए। र कामिङलार्य भर्खरै एएफसी 'ए' लाइसेन्स कोर्ष पुरा गरेको कुमार थापाले सहयोग गरे।

बिहिबार कोर्षको समापन अवसरमा एन्फा कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटबलको विकासका लागी क्षमता प्रशिक्षक उत्पादन गर्न आवश्यक रहेको बताए। 'फुटबल विकासका लागी युवा विकास महत्वपुर्ण पक्ष हो। यदि तपाईहरुले आफनो उत्कृष्ट क्षमतालाई प्रयोग गर्नु भयो भने क्षमतावान खेलाडी उत्पादन हुनेछन, उनले भने, 'म तपाई सबैलाई अनुरोध गर्न चाहन्छु। तपाईको सम्मानित जिल्लामा गएर मेहनत गर्नु भयो भने फुटबलमा नयाँ प्रतिभा जन्मनेछन।'

इन्स्ट्रक्टर कामिङले कोर्षमा सहभागी सबै प्रशिक्षकले आफनो जिल्लाबाट कम्तिमा दुइ खेलाडीले उच्च स्तरको फुटबल खेल्ने विश्वास लिएको बताए। उनले भने, 'तपाई जिल्लामा फर्केपछि स सना बालबालिकासँग काम गर्नु हुनेछ। यदि तपाईले कडा मेहनत गर्नु भयो भने तपाई आगामी पाँच वर्षमा क्षमतावान खेलाडी उत्पादन गर्न सक्नु हुनेछ। म त्यो हेर्न चाहन्छु। यो किनकी कोर्ष भविष्यको लागी हो।'  

प्रकाशित: ७ आश्विन २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App