४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

शुक्रबारदेखि १२औं प्याब्सन स्पोर्ट्स मिट

कोराना भाइरसको संक्रमण फैलिएपछि स्थगित भएको प्याब्सन स्पोर्टस मिटको १२औं संस्करण शुक्रबारदेखि विराटनगरमा हुने भएको छ। मंगलबार विराटनगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि जिल्लास्तरीय प्याब्सन स्पोर्टस मिट गर्न लागेको जानकारी दिएको हो। ‘राष्ट्रका लागि खेलकुद, स्वस्थ र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ प्याब्सन मिटको १२औं संस्करण गर्न लागेको प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बाले बताइन्।

हाल सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइलाई बढी महत्त्व दिँदा खेलकुद पनि मानवजीवनको एउटा अभिन्न पाटो बन्न थालेको बताउँदै अध्यक्ष सुब्बाले भनिन्, ‘विद्यार्थीको शारीरिक तन्दुरुस्तीका साथै वैचारिक सन्तुलन तथा विद्यार्थीको सर्वांगीण विकासमा खेलकुदले सहयोग गर्छ। खेलकुद प्रतियोगिता यसरी आयोजना गर्दा आफूमा भएको प्रतिभालाई प्रदर्शन गर्ने राम्रो अवसर र स्थान प्राप्त गर्ने विश्वासका साथ प्याब्सनले प्रतियोगिता गर्न थालेको हो।’

उनले २०६३ सालदेखि निरन्तर रूपमा प्याब्सन स्पोर्टस मिट गर्दै आए पनि कोरोना भाइरसको संक्रमणका कारण केही समय स्थगित गर्नुपरेको बताएकी हुन्।

माघ ६ गतेदेखि ८ गतेसम्म विराटनगरमा हुने प्याब्सन स्पोर्टस मिटमा कक्षा १२ सम्मका छात्रछात्राको सहभागिता रहनेछ। प्याब्सनसँग आबद्ध जिल्लाका २ सय २० वटा विद्यालयका ३ हजार विद्यार्थीले विभिन्न खेलमा सहभागिता जनाउनेछन्। स्पोर्टस मिटमा एथलेटिक्स, फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिसका प्रतिस्पर्धा हुनेछन्। 

प्रकाशित: ४ माघ २०७९ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App