५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताः प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

युवा खेलाडी प्रिन्स दाहाल पोखरामा आयोजित प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेका छन्। दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा  एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।  

नेपाल पुलिस क्लबका दाहालसंगै पुरुष एकल तर्फको विधामा त्रिभुवन आर्मीका डेभिड थापा मगर, बुटवलका गणेश रायमाझी, कास्कीका विधान अधिकारी, पुलिसका बिष्णु कटुवाल, एपिएफका क्षितिज खनाल, आर्मीका प्रफुल महर्जन र एपिएफका बिजित थापा मगर खेलमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।  

महिला एकल तर्फको विधामा भोजपुरकी नङसाल तामाङ, पुलिसकी निता लम्साल, आर्मीकी अनु माया राई, एपिएफकी शोभा गौचन, बिबिसीकी सिमा राजवंशी, एपिएफकी जेसिका गुरुङ, एपिएफकी सुनयना मुखिया र आर्मीकी रेशीला महर्जन क्वाटरफाइनलमा प्रबेश गरेका छन्।  

३५ बर्ष माथि पुरुष डबल्स तर्फ कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडी क्वाटरफाइनलमा प्रबेश गरेको छ । कास्कीका सन्तोष घले÷गुमानसिंह गुरुङ, कास्कीका राजेश गुरुङ/शम्भुकुमार श्रेष्ठ, चितवन र पर्वतका विधान गुरुङ÷राजन गुरुङको जोडी अन्तिम आठमा प्रवेश गरेका छन् ।  

कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापन, र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशाला व्याडमिन्टन कोर्टमा सञ्चालित प्रतियोगिताको बिहीबार यू—१७ पुरुष तर्फ प्रिक्वाटरकाका खेलहरु, १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) पुरुष तर्फ प्रिक्वाटरका खेलहरु सम्पन्न भएको छ ।  

प्रकाशित: १४ पुस २०७९ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App