४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन्। सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए।

उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा डेडिकेटेड फोर्सकोरुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजश्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत निर्देशन दिए।  

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले–भने, ‘संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ।’

 उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: २ कार्तिक २०७९ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App