२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मानसिक स्वास्थ्य समस्या न्यूनिकरणका लागि सडक नाटक

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ। सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिको हो।  

‘हाम्रो राष्ट्रिय प्रथामिकता सबैको निम्ती मासिक स्वास्थ्य’ भन्ने नारासहित सदरमुकामस्थित गणेशचोकमा आयोजना भएको कार्यक्रममा विभिन्न सचेतनामुलुक नाटक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य निरीक्षक आइतबहादुर राईले जानकारी दिए। विश्वभर विकरल रुपमा फैलिरहेको मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरणका लागि सचेतना अभिबृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको राइको भनाई छ।  

सेन्ट्ल फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ नेपाल र ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगासँगको सहयोगमा भएको कार्यक्रम नगरउपप्रमुख केदरबाबु वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो। सचेतना कार्यक्रममा नगरभित्रका वडा अध्यक्ष, कार्यालय प्रमुख, सरोकारवाला लगायत उपस्थित थिए। त्यस्तै, कार्यक्रममा ओखलढुंगा हेल्थ साइन्स नर्सिंगका विद्यार्थीहरुले सडक नाटक प्रस्तुत गरे।  

कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन्। वर्ष २०२२  को विश्व मानसिक स्वास्थ दिवसको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने तय भएको थियो।  सन् १९९२ देखि हरेक वर्ष १ सय ५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। 

प्रकाशित: २४ आश्विन २०७९ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App