१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘छात्रा दुर्व्यवहार गर्नेमाथि कारबाही होस्’

काठमाडौं महानगर, बानेश्वरस्थित नोबेल एकेडेमी कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले माग गरेको छ।

साथै, कलेजकै शिक्षकद्वारा यौन दुर्व्यवहार भएको घटनाप्रति क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराउँदै कलेजलाई भौतिक कारबाही गरेको छ। काठमाडौं जिल्लाको नेतृत्वमा भएको सो कारबाहीका क्रममा प्रहरीले हस्तक्षेप गरी केन्द्रीय सचिवालय सदस्य रमेश सुनार र केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला संयोजक राजन राईलाई गिरफ्तार गरेको काठमाडौं जिल्ला संयोजक तथा केन्द्रीय सदस्य मिम बहादुर ऐडीले जानकारी दिए।

विद्यार्थीमाथि भएको दुर्व्यवहार वा आपराधिक घटनालाई मिलेमतोमा सम्झौता गरी सामसुम पार्न प्रयत्न गरेको हुनाले भौतिक कारबाही गर्नु परेको जिल्ला संयोजक ऐडीले बताए। उनले भने, ‘यस्तो आपराधिक घटनालाई सामसुम पार्ने काम संगठनलाई मान्य हुँदैन, त्यसैले तुरुन्त कारबाही गरियोस्।’

घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित छात्रालाई न्याय दिलाउन जोडदार माग गरेको छ। ‘अन्यथा माथि उल्लिखित विषयमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण नभएको पाइएमा हामी अझ निर्मम संघर्ष गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ भाद्र २०७९ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App