७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

छातीमा छड रोपिएर घरको छतमै महिलाको मृत्यु

आफ्नै घरको छतमा तरकारी टिप्न गएकी एक महिलाको छातीमा छड रोपिएर मृत्यु भएको छ।

रौतहटको कटहरिया नगरपालिका ५ बलिरामपुर गाउँकी एक महिलाको आफ्नै घरको छानामा रहेको पिलरको छड छातीमा रोपिएर मंगलबार मृत्यु भएको हो। घरको भुइँतल्ला निर्माण भएर बारीबाट घरको छतमा घिरौलाको लहरा लगेकी स्थानीय ३८ वर्षीय रुक्साना खातुनको घरको छतमा पिलर निर्माणको लागि छोडिएको छड छातिमा रोपिएर मृत्यु भएको हो।

घिरौलाको लहराले छपक्क छोपिइसकेको पिलरमा फलेको घिरौला टिप्न जाँदा चिप्लिएर छडमै लड्न पुगेपछि छातीमा छड रोपिन पुगेको प्रहरीको भनाइ छ। छातीमा छड रोपिएपछि महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु भएपछि महिलाको शवलाई प्रहरीले कटहरिया अस्पतालमा पुर्‍याएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७९ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App