२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लोक्पा पहिरोले एक सातादेखि बाटो बन्द

चुम्चेत र छेकम्पारका स्थानीयलाई सास्ती

चुमनुब्री गाउँपालिका-६ को लोक्पामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। वर्षासँगै पहिरो जाँदा एक सातादेखि पैदलमार्ग अवरुद्ध भएको वडा अध्यक्ष सरोज लामाले बताए। चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन।

'मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन।’ सेवाग्राही पनि वडा कार्यालय जान नसकेको उनले बताए।

पहिरोका कारण वडा नम्बर ६ र ७ का स्थानीय गाउँपालिका कार्यालय, गोरखा सदरमुकाम तर्फ आउजाउ गर्न सकेका छैनन्। ‘केही, केही जोखिम मोलेर पहिरो चढ्दै गएका छन् तर धेरैजसो पहिरोको डरले आउजाउ गरेका छैनन्’ उनले भने। अहिले उत्तरी गोरखामा गहुँ काट्ने सिजन हो। एक अर्को ठाउँमा आउजाउ गर्न पनि स्थानीय सकेका छैनन्।

पहिरो भएको ठाउँ घुमेर जाँदा दुई दिन थप समय लाग्ने उनले बताए। ‘तत्काल वैकल्पिक बाटो खोल्ने अवस्था छैन, लगातार पहिरो खसिरहेकाले वर्षात रोकिएपछि खुलाउने योजना छ’ वडा अध्यक्ष लामाले भने ‘ढुङ्गा झरिरहेकाले काम गर्न समस्या छ।

बाटो खुलाउने विषयमा गाउँपालिका सँग समन्वय भइरहेको र वर्षात रोकिएपछि काम सुरु गर्ने उनले बताए। गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा पैदलबाटो अवरुद्ध भएको थियो। सात, आठ सय मिटर बाटो पहिरो खसेर अवरुद्ध भएको उनले बताए।  

यसैबीच चुमनुब्री गाउँपालिका ७ को छुले खोला बढ्दा दुई गाउँ जोड्ने फड्के बगाएको छ। छुले गाउँको बीच भएर बग्ने छुले खोलामा आएको बाढीले फड्को भत्काउँदा आउजाउ बन्द भएको स्थानीय ङवाङ लामाले बताए। 

प्रकाशित: १७ श्रावण २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App