५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन,आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने

फाइल तस्बिर

सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ।

वन तथा वातावरण मन्त्रालय,वातावरण विभागले एक सूचना जारी गर्दै भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने बताएको हो।  

अनुगमनमा सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ।  

विभागले भनेको छ,'वातावरणमा यति संवेदनशिल प्रभाव रहेको प्लाष्टिकका झोला प्रतिवन्धको नेपाल सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१०/१७ को निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ।,यस कार्यको विभागबाट विगतमा अनुगमन सुरु गरिएकोमा कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको छ।'  

प्रकाशित: १० श्रावण २०७९ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App