coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

के याैनको विषयमा कुरा गर्नु गलत हो?

‘सेक्सप्लोरेसन’ एपिसोड-५

हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।

वास्तबमा यौनलाई सही ढंगबाट बुझ्ने हो भने यसले विभिन्न खालका फाइदा पुर्‍याउँने विज्ञहरुले बताउँदै आएका छन्। तनावबाट मुक्ति दिलाउने र शरीरमा ऊर्जा प्रदान गर्ने यसका महत्वपूर्ण फाइदाहरु हुन्।

नेपाली समाजमा बालयकालदेखिनै कुनै न कुनै रूपमा याैन खराब कुरा हो भनेर सिकाइएको हुन्छ। विवाहअघि शारीरिक सम्पर्क राख्नु हुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा–सुन्दा याैन मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्ने गरेको पाइन्छ। यतिसम्मकी शिक्षित महिलाहरुलाई याैनका विषयमा धेरै ज्ञान भएपनि अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु अझै याैनका विषयमा खुलेर कुरा गर्न सक्दैनन्।  

यौन र प्रजनन स्वास्थ्य र अधिकारकर्मी अनुग्या कुँवर भन्छिन्, ‘नेपाली समाजमा महिलाको शरीरमाथि पुरुषको हस्तक्षेपा बढी भएको पाइन्छ। महिलाको शरीर पुरुषको लागि याैन आनन्द उपलब्ध गराइदिने साधन भएको देखिन्छ। समाजको यस्तो कुरीतिले महिलाहरुले आफ्नो शरीरमाथिको अधिकार गुमाएका छन्। बाल्यकालदेखिनै महिलालाई ‘तिमी पुरुषको हुने हो भन्दै सिकाइन्छ र हुर्काइन्छ। जसले गर्दा महिलाहरुलाई आफ्नो शरीरमाथि आफ्नो हक छ भन्ने पनि ज्ञान हुँदैन।’ 

नेपालमा माध्यमिक कक्षामा महिला र पुरुषको याैनाङ्गको विषयमा पढाइन्छ। तर विस्तृत रुपमा याैन किन गरिन्छ, यसको फाइदा–बेफाइदा, कसरी गरिन्छ र कुन तरिकाबाट गरिन्छ भन्ने विषयमा शिक्षा दिइँदैन। यस्तो विषय पढाउने शिक्षकहरु समेत तालिम प्राप्त नभएकाले नेपालका प्रायः विद्यार्थीहरुले याैनको विषयमा विद्यालय शिक्षाबाट पर्याप्त जानकारी पाउन सक्दैनन्।  

नेपालमा पछिल्लो समयमा याैनको विषयमा खुलेर कुराकानी हुने गरेपछि खुलेर वहस भने अझै हुन सकेको छैन। विद्यालय शिक्षामा नै बालबालिकालाई याैनको विषयमा प्रभावकारी रुपमा शिक्षा नदिइएकाले नेपालमा प्रणालीगत त्रुटिका कारण अधिकाशंलाई याैनको विषयमा जानकारी छैन। त्यसकारण पनि युवाहरु याैनको विषयमा जान्न बढी उत्सुक हुने गरेको पाइने अधिकारकर्मी कुँवर बताउँछिन्। ।  

‘नेपालमा विवाह अगाडिको याैन समबन्धको विषयमा पनि खुलेर कुरा गरेको पाइँदैन। याैनलाई विवाह पछिको सम्बन्धको रुपमा व्याख्या गरिएको समाजमा याैन अन्तरव्यक्तिगत सम्बन्धको लागि पनि आवश्यक रहेको हाम्रो समाजमा सिकाइदैंन,’ उनी भनिछन्,‘आफ्नो शरीरसँग भावनात्मक र मानिसक रुपमा जोडिनको लागि पनि याैनको आवश्यकता हुन्छ। आफूसँगको सम्बन्ध प्रगाढ बनाउनका लागि हस्तमैथुन पनि प्रभावकारी माध्यम हो।  

नेपालमा याैनको विषयमा पर्याप्त शिक्षा उपलब्ध छैनन्। याैनको विषयमा समान्य ज्ञान समेत उपलब्ध नगराइने स्थानमा झन् यौनिक अल्पसंख्यकहरुको विषयमा र उनीहरुले गर्ने सम्भोगका विषयमा शिक्षा उपलब्ध हुनु कल्पनाभन्दा बाहिरको कुरा हो। ‘सेक्स’का विषयमा हामी कुरा गर्न सक्छौँ, तर यसको विषयमा हामी ज्ञान दिन सक्दैँनौ। अधिकारमर्की कुंवर भन्छिन्, ‘प्रत्येक व्यक्तिको आ–आफ्नै याैन जिवनको यात्रा हुन्छ। हरेक व्यक्तिको फरक अनुभव हुन्छ। विद्यालय शिक्षामा याैनका विषयमा ज्ञान उपलब्ध नहुँदा प्रायःले इन्टरनेट, चलचित्र र पोर्नजस्ता माध्यमहरुबाट याैनको विषयमा ज्ञान आर्जन गर्ने गरेको पाइन्छ। तर यस्ता माध्यमहरुमा समेत पुरुषहरुले महिलालाई भोग गर्ने भनेर नै देखाइन्छ।’

जसका कारण पुरुषहरुले पनि याैनको विषयमा गलत बुझाई राखेको पाइन्छ। त्यसकारण विद्यालय शिक्षाबाटनै याैनको विषयमा शिक्षा उपलब्ध गराएर नेपाली समजमा याैनप्रतिको दृष्टिकोणलाई परिर्वतन गर्न आवश्यक देखिएको छ।

 

यो पनि पढ्नुहोस्

को हुन् यौनिक अल्पसंख्यक?

 

प्रकाशित: २८ असार २०७९ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App