७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ग्रामीण सडकमा गाडी चलाउन सकस

वर्षाले बैतडीका ग्रामीण सडकमा यातायातका साधन चलाउन सकस हुने गरेको छ। वर्षाले सडक हिलाम्मे र समयसमयमा खस्ने पहिरोले गाडी चलाउन सकस हुने गरेको छ।

जिल्लाका अधिकांश स्थानमा कच्ची सडक छन्। पाटन-पञ्चेश्वर, ढोल्यामोड-पुर्चौडीहाट, बित्थड- दहताल, दुदिलाखान-गाँजरी, सतबाँझ-सुर्नया, सिल्लेगडा-कटौजपानी, देहीमाण्डौ-गिरेगडा लगायतका सडकमा यातायातका साधन चलाउन समस्या हुने गरेको छ।

ग्रामीण सडक सुधार हुन नसक्दा वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको पुर्चौडी नगरपालिका–६ का धनबहादुर साउँदले बताए। ‘सडक हिलाम्मे र पहिरो आउने डर हुने गरेको छ,’ उनले भने, ‘सहजताको लागि गाडी चढे पनि ठाउँठाउँमा गाडी फस्दा यात्रुहरूले धकेलेर निकाल्नुपर्ने अवस्था छ।’

कच्ची सडक झन बर्खामा यात्रा गर्नु कम जोखिमपूर्ण छैन। ढोल्यामोड-पुर्चौडीहाट सडक पुर्चौडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। जिल्लाको सतबाँझ-श्रीभावर-हाट सडकलाई प्रदेश गौरवको आयोजनाका रूपमा राखिएको भए पनि स्तरोन्नतिको काम सुस्त गतिमा रहेको छ।

सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ। सडकभरि पहिरो हिलो र खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन पनि समस्या भएको यातायात व्यवसायीले बताएका छन्। वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सधै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। डोजरले खनेका सडकमा पहिरो खस्ने समस्या निरन्तर रहेको छ।

प्रकाशित: २५ असार २०७९ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App