१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वाङलामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। गुल्मी घर भई सन्धिखर्क स्थित मामाघर बस्ने ७ वर्षीय सम्राट नेपालीलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

मामाघर बसेर पढ्दै आएका नेपाली वाङलाको अमलडाँडामा स्कुल गएर फर्किएपछी खाजा खाएर खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।  

चितुवाले घर भन्दा करिब १ किमी टाढा लगेर बायाँ तर्फको साप्राको पुरै भाग खाएको अवस्थामा घरपरिवार तथा स्थानियले फेला पारेपछी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अम्मर थापाले जानकारी दिए।  

गुल्मीको रेसुङ्गा घर भएका नेपाली सन्धिखर्क(४, वाङला अमलडाँडा स्थित आफ्नो मामा लालबहादुर नेपालीको घरमा बस्दै आएका थिए। भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत नेपालीको बेलुका ७ बजे यस्तो घटना घटेको स्थानियको भनाई छ। 

प्रकाशित: १३ जेष्ठ २०७९ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App