२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वृद्ध आश्रममा मनाए जन्मदिन

विराटनगरकी मीरादेवी केसी (खत्री)ले आफ्नो जन्मदिन विराटनगर–८ मा रहेको विराटेश्वर वृद्ध आश्रममा मनाएकी छन्।

विभिन्न सामाजिक संघसंस्थामार्फत समाजसेवामा लागेका विराटनगरका सामाजिक अभियन्ता तथा लायन्स क्लब अफ विराटनगर युनिकका सदस्य शम्भु दाहाल केसीले श्रीमतीको जन्मदिन वृद्ध आश्रममा गएर मनाएका छन्। शम्भुले श्रीमती मीरादेवीको ४३ औं जन्मदिन वृद्ध आश्रममा रहेको वृद्धवृद्धाहरुसँग मनाएका हुन्।

दाहाल दम्पतिले बिहीबार वृद्ध आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै त्यहाँ ५५ थान ओढ्ने प्रदान गरेका थिए। सो अवसरमा लायन्स क्लब अफ युनिकका अध्यक्ष सञ्जयकुमार साह, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख दीपेन्द्र पञ्जियार थारु, लायन्स डिस्ट्रिक एड्भाइजर विनोदकुमार राउत, क्लबका सेकेन्ड भिपी चेतन निरौला, रमेशकुमार राउतलगायतले शुभकामना दिँदै आगामी दिनहरुमा पनि यसरी नै समाज सेवामा लागि रहन आग्रह गरे।

प्रकाशित: २९ पुस २०७८ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App