coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्षले थुने ठेकेदार

भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक वडाध्यक्षले ठेकेदार थुनेका छन्। चाँगुनारायण नगरपालिकाको वडा नं. ३ झौखेलका वडा अध्यक्ष श्यामसुन्दर धिमालले ‘काम गर्छु भनी ठेक्का लिने तर काम नगर्ने’ ठेकेदारलाई थुनेका हुन्।

निर्माण व्यवसायीलाई वडाध्यक्ष धिमालले आफ्नै कार्यकक्षमा थुनेको स्वीकारे। वडा कार्यालयमा आएका निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रविन जिरेलसहित एकजना निर्माण व्यवसायी थुनिएको उनको भनाइ छ।

‘ठेकेदारका मान्छेहरु पुल बनाउनका लागि स्थानीयले अवरोध गरे भन्ने निवेदन लिएर आएका थिए, मैले को हो विकासमा अवरोध गर्ने मान्छे चिनाउनुस् भनेँ, उनीहरुले चिनाउन सकेनन्, मैले काम नगर्नेलाई कार्यकक्षमै थुनेँ’ वडाध्यक्ष धिमालले भने।

उनले सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिइएको समेत बताए। निर्माण व्यवसायीले उक्त सडक खण्डको पुल निर्माण विगत ३ महिनादेखि अलपत्र छाडेका थिए। पूर्वाधार विकास कार्यालय बागमति प्रदेशअन्तर्गत झौखेल कवासे खोला सडक पुल नबनाउने एसपीपी कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले पुल बनाउने कबोल गरेका थिए।

प्रकाशित: २२ पुस २०७८ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App