coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुतीया दहमा डुबेर युवकको निधन

उदयपुरको भुतीया दहमा डुबेर एक युवकको ज्यान गएको छ। जिल्लाको बेलका नगरपालिका ५ बबलास्थित भुतीया दहमा नुहाउने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका ४ बलीयाका २२ वर्षीय शिखर सिलवालको ज्यान गएको हो।  

मंगलबार मध्यान्ह दह नजिकै रहेको झरनामा नुहाउने क्रममा चिप्लिएर लडेका सिलवाल भुतीया दहमा खसेर बेपत्ता भएका थिए। उनी बेपत्ता भएको खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले खोजी कार्य थालेको थियो। खोजीकै क्रममा साँझ ४ः०० बजे उनी दहमै मृत अवस्थामा फेला परेका थिए।  

स्थानीय युवा ललित राईका अनसार सिलवाल आफन्तसँग भेटघाट गर्न र घुमघामका लागि बेलका आएका बेला साथीहरुसँग झर्ना पुगेर नुहाउने क्रममा चिप्लिएर घट्ना भएको हो। नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको भुतीया दह मनमोहक र सुन्दर रहेकाले पछिल्लो समय आन्तरिक र जिल्ला बाहिरबाट पनि आगन्तुकहरु आउने गरेका छन्।

नगरपालिकाले पर्यटन केन्द्र बनाउने गरी पूर्वाधार निर्माण गर्न थाले पनि आवश्यक सुरक्षा व्यवस्था र सचेतना अभावमा बेलाबेलामा यस्ता घट्ना हुने गरेको स्थानीय बताउँछन्। दहमा पौडी खेल्ने क्रममा केही वर्षअघि पनि केही व्यक्तिको ज्यान गएको थियो भने कतिपय घाइते भएको स्थानीयको भनाइ छ।

प्रकाशित: २० आश्विन २०७८ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App