२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कटुवा पेस्तोलसहित रौतहटमा चार जना पक्राउ

कटुवा पेस्तोलसहित रौतहटमा चार जनालाई पक्राउ गरिएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका २ भलोहियाका २४ वर्षीय संजय साह सोनारको घरमा अवैध हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले सोनारको घर खानतलासी गरेको थियो।  

खानतलासीको क्रममा घरभित्र बोरामा लुकाइ राखेको अवस्थामा १२ बोरको कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली दुई थान बरामद भएको प्रहरीले जनाएको छ।  

घरबाट कटुवा बन्दुक बरामद भएपछि प्रहरीले घरधनी सोनारका साथै बन्दुक लुकाउन छिपाउन कार्यमा सहयोग गर्ने स्थानीय २८ वर्षीय संजीवकुमार महतो, वडा नम्बर १ का १९ वर्षीय राजेशकुमार चौधरी र गढीमाई नगरपालिका ६ का २४ वर्षीय दिनेश महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७८ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App