१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा परी मोटरसाईकल चालकको निधन

बुधबार सवारी दुर्घटनामा परी उदयपुरमा एक युवकको ज्यान गएको छ। मध्यान्ह मदन भण्डारी लोकमार्गको चतारा–रामपुर खण्डमा पर्ने बेलका नगरपालिका ९ खारखोलामा बोलेरो जीपको ठकरबाट मोटरसाईकल चालक रामचन्द्र राईको निधन भएको हो।  

पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १ –०२–००२ च ४८७४ नं. को बोलेरो जीपले पश्चिमतर्फ आउँदै गरेको स ४ प ९१०५ नं. को मोटरसाईकललाई ठक्कर दिँदा त्यसमा सवार बेलका नगरपालिका २ का अन्दाजी ४० वर्षीय राईको निधन भएको हो। इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार दुर्घटनामा गम्भीर घाईते भएका राईलाई बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा दिउसो १ः३० बजे ज्यान गएको हो।  

बोलेरो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ। पोष्टमार्टमका लागि मृतकका आफन्तलाई बोलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।   

प्रकाशित: ६ आश्विन २०७८ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App