२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

६ सय ७१ जना प्रहरी जवान दीक्षित

६ सय ७१ जना प्रहरी जवानमा दीक्षित भएका छन्। १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालन भएको आधारभूत प्रहरी जवानको १३८ औं समूहका प्रहरीहरु मंगलबार दीक्षित भएका हुन्।

दीक्षान्त कार्यक्रममा१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले कोरोना भाइरसको महामारीको सुरक्षाका कारण प्रशिक्षार्थीहरुका अभिभावकलगायत विभिन्न व्यक्तित्वलाई आमन्त्रण गर्न नसकिएको बताए। ‘अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्तानलाई प्रवेश गर्न हौसला दिने परिवारलाई आभार प्रकट गर्दछु,’ डिआइजी बिसीले भने, ‘आफ्नो कार्य क्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिनु पर्छ। मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासक नभई सेवकका रुपमा जनताको सेवा गर्नुपर्छ।’  

सो अवसरमा तालिम केन्द्रकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले समाज गतिशील रहेको समस्याहरु पनि गतिशील नै हुने भएकाले हाम्रो प्रयास पनि गतिशील हुनुपर्ने बताइन्। उनले भनिन्, ‘सिकाइको स्तरलाई परिस्कृत गर्दै अघि बढ्नुका साथै प्रशिक्षणको समयमा सिकेका र भोगेका कुरालाई कार्यक्षेत्रमा राम्रोसँग उर्तानु पर्छ।’  

२०७७ मंसिर ३ गतेदेखि सुरु भएको प्रहरी जवान १३८ औं समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम सम्पन्न भई दीक्षित भएका हुन्।  तालिममा सहभागी ५ सय ३८ पुरुष र १ सय ३३ जना महिलासहित ६ सय ७१ जना प्रहरी जवानहरु दीक्षित भए।  

प्रशिक्षणका क्रममा विभिन्न विधामा ७ जना उत्कृष्ट प्रशिक्षार्थी भएका छन्। प्रशिक्षार्थीहरुमध्ये प्रथम उत्तमकुमार मगर, द्वितीय डम्बर सुन्दास, तृतीय एवं अध्ययन प्रथम भूपेन्द्रकुमार राया, कवाजतर्फ दीपक राजवंशी, शारीरिक व्यायामतर्फ ऋषिकेश कार्की, चाँदमारीतर्फ लखनकुमार राय, प्रहरी युक्ति तथा कारबाहीतर्फ बिसुकुमार राईलाई डिआइजी बिसीले नगद तथा प्रमाणपत्र प्रदान गरे।

प्रकाशित: १५ भाद्र २०७८ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App