१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकलको ठक्करबाट वृद्धको निधन

उदयपरमा मोटरसाईकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलका नगरपालिका ५ स्थित गलेनीमा प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको निधन भएकोे हो।  

प्रहरीका अनुसार सोमबार साँझ ६ बजे भएको दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ८ बजे निधन भएको हो। सुनसरी रामधुनी नगरपालिका–३ झुमका का २४ वर्षीय रोयलकुमार चौधरीले चलाएको मोटरसाईकलले बृद्धलाई बाटो काट्ने क्रममा ठक्कर दिएको बताइएको छ।  

दुर्घटनामा परी चालक चौधरी र पछाडी सवार सोही ठाउँका २४ वर्षीय सुरजकुमार चौधरी पनि घाईते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। चालक र मोटरसाईकललाई नियन्त्रणमा लिएर प्रहरी चौकी लालबजारमा राखिएको छ। घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

प्रकाशित: ८ भाद्र २०७८ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App