१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन

बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौमा उपचारार्थ केसीको शुक्रबार निधन भएको हो । 

ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । होम आइसोलेसमा बसेका केसीको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। श्वासप्रस्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा अस्पतालले मृत घोषित गरेको थियो ।

म्याग्दी जिल्लाको एक पुरानो राजनीतिज्ञ तथा धेरै सामाजिक संघसंस्थामा कार्यरत केसीले गलेश्वर मन्दिरको नेतृत्व गरेपछि मन्दिरमा भौतिक संरचना थपिनुका साथै ब्यवस्थित भएको थियो । केसीको निधनले  राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रमा अपुरणीय क्षति पुगेको घतानका यूवा चक्रबहादुर केसीले बताए । स्वर्गीय केसीले गलेश्वर मन्दिरको भेटी सार्वजनिक, भौतिक पूर्वाधार विस्तारसहित देशकै प्रमुख धार्मिकस्थलको रुपमा स्वदेश तथा विदेशमा प्रचारप्रसारसहितका अभियानमा महत्वपूर्ण योगदान दिएका थिए ।  

गलेश्वरधामको चौतर्फी विकासका लागि केसीले देखेका सपनाहरु अझै बाँकी रहेको अवस्थामा निधनको खवरले स्तब्ध भएको कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताए । स्वर्गीय केसीको शनिबार दिउँसो स्वास्थ्यको प्रोटाेकलको प्रयोग गरी गलेश्वरस्थित कालिगण्डकी नदीमा अन्त्येष्टी गरिने छ ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App