२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

ढुङ्गाको पर्खाल भत्कँदा दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो। 

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए। मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन्।

 घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन्। घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए।

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App