२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जिल्लामा पहिलोपटक संक्रमित महिलाको शल्यक्रियामार्फत् सुत्केरी

बैतडीमा एक कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत् सुत्केरी गराइएको छ। जिल्लामा पहिलोपटक कोरोना संक्रमितको महिलाको शल्यक्रिया गरेर सुत्केरी गराइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।

दशरथचन्द नगरपालिका–४ की २१ वर्षीय ती महिलामा ९ दिनअघि कोरोना पुष्टि भएको थियो। होम आइसोलेसनमै बसिरहेकी महिलामा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन्। ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको डा.जोशीले बताए।

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संक्रमित महिलाको शल्यक्रिया गरिएको जोशीले बताए। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। अस्पतालले आकस्मिक रुपमा सबै प्रकारका सेवाहरु प्रदान गरिरहेको डा.जोशीले जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७८ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App